जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरुमा बढी असर परेको छः उपसभामुख राना


२२ जेष्ठ २०८१, मंगलवार ११:४४ मा प्रकाशित

काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरुमा असर परेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्धवृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्युनिकरणका लागि पहल गनुपर्नेमा जोड दिएकी हुन् ।

उनले जलवायु परिवर्तनको असर शहरमा बस्नेहरुलाई खासै जानकारी नभएपनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरुलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गरिन् । उनले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बालीहरु उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताइन् ।

उनले तराईमा पनि विभिन्न रोगहरु भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्याहरु विकराल बन्दै गएको भन्दै सरकारले समयमा नै विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले जलवायु परिवर्तनबाट परेका असरको न्युनिकरणमा सबै एक भएर लाग्नुपर्ने बताइन् ।

उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएकमो उल्लेख गर्दै नेपालमै भएका साधन श्रोतहरुको पहिचान गरी व्यवस्थापन गर्नसके ऋण लिइरहनुपर्ने समस्या नहुने जिकिर गरिन् । उनले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आजदेखि नै सबै मिलेर लाग्नुकाे विकल्प नरहेको बताइन् ।

उनले नेपालमा भएका प्राकृतिक श्रोत र साधनलाई राम्रोसँग व्यवस्थित गरेर लैजानसके समृद्ध देश बनाउन सकिने जानकारी गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here