भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुँदै


२२ जेष्ठ २०८१, मंगलवार ०८:२६ मा प्रकाशित

काठमाडौँ । भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । यससँगै भारतमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो लाग्नेछ ।

सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ ।

कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here