काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले उनलाई दोषी ठहर गर्दै गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको हो।
उच्च अदालतका प्रवक्ता विमल पराजुलीले उच्च अदालतले जिल्लाको फैसला उल्टाउँदै लामिछानेलाई सफाई दिएको जानकारी दिए।
जिल्लाको फैसलाविरुद्ध सन्दीप उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए। उनको पुनरावेदनमाथि भएको सुनुवाई सक्काएर बुधबार न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाई दिएको हो।






