अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा


१७ बैशाख २०८१, सोमबार १३:२६ मा प्रकाशित

विराटनगर । सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका(३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका(५ का २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका(७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा हाईट्रो कोलोरी २४६ ट्याबलेट र लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here