बझाङमा एमालेका उम्मेदवार दमन भण्डारीककाे दोब्बर मतको अग्रता


१६ बैशाख २०८१, आईतवार १७:१५ मा प्रकाशित

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना जारी छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १३०३, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले ६५६, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३०१ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३७९ मत पाएका छन्।

त्यस्तै, राप्रापाका उम्मेदवारले २० मत पाउँदा ६८ मत भने बदर भएका छन् । बझाङमा अहिलेसम्म २७३५ मत गणना भएको छ।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ।

त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here