वेस्ट इन्डिजले नेपाललाई दियो २०५ रनको लक्ष्य


१५ बैशाख २०८१, शनिबार १४:१५ मा प्रकाशित

काठमाडौंमा शुरू भएको टी-२० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको ‘ए’ टोलीले पाँच विकेटको क्षतिमा २०४ रन बनाएको हो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। उनले ४५ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै ७४ रन बनाए।

त्यस्तै, एलिक एथनेजले ४७, केइसी कार्टीले ३७, कदीम एलेनले १४ र एन्ड्रे फ्लेचरले १३ रन बनाए।

नेपालका लागि कमल ऐरी, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक-एक विकेट लिए। नेपालले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो।

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीले टी-२० शृङ्खला अन्तर्गत पाँच खेल खेल्नेछ। नेपालले यसलाई टी-२० विश्वकपको तयारीमा रुपमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here