प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् ।
आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् ।
बजेटलाई विगतको भन्दा वैज्ञानिक, वस्तुवादी बनाउने, जनवादी बनाउने किसिमले तयारी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।