दुई समूहबीच विवाद भएपछि अपराह्न विराटनगरको रानी क्षेत्र तनावग्रस्त


५ बैशाख २०८१, बुधबार २०:०० मा प्रकाशित

बिराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि झडप भएको हो ।

बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको थियो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

स्थानीयबासीका अनुसार विराटनगरको १५ र १७ को बीचमा रामनवमीको सन्दर्भमा एउटा समूहले र्‍यालीलाई अवरोध भएपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको र्‍यालीमा अवरोध भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ मोरङ प्रहरीले जनाएको छ। दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here