विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैनः मन्त्री श्रेष्ठ


४ बैशाख २०८१, मंगलवार १३:३७ मा प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छन्।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरुले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक बताएकी हुन्।

उनले भनिन,‘दलीय राजनीति मुक्त शिक्षा क्षेत्र नभएसम्म यो अगाडि बढ्दैन। हजुरहरुको विज्ञता, अनुभव, नेटवर्क के हो भन्नेमा चाहियो। हाम्रो कानूनले स्पष्ट भन्छ। शिक्षकहरु, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु हुँदैन भन्छ। राजनीतिक दलसम्बन्धी ऐनले सदस्यता नदिनु कर्मचारी र शिक्षकलाई भन्छ। ऐनमा नभएको होइन गाह्रो हाउ पार्टमा भइरहेको छ।’

यस्तै,राजनीतिक दलका नेतृत्वहरुसँग भेट्दा उहाँहरुलाई राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर ऐनमै लेखेको कुरा भनिदिनुस्। कर्मचारी शिक्षकले राजनीतिक दलको सदस्य लिन सक्नुहुन्न, उनले भनिन।

यसैबिच मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा शिक्षा मात्र नभई समाजमा चेतना दिने क्षेत्र भएकाले शिक्षाले राम्रो नागरिक उत्पादन गनुपर्ने उनको भनाइ छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here