टिकट नपाएका झलनाथलाई एकीकृत समाजवादीले तोक्यो चुनावी कमाण्डर


२ बैशाख २०८१, आईतवार ११:२८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ । 

प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो ।

चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । 

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले सो क्षेत्रको उपनिर्वाचनका लागि टिकट पनि मागेका थिए । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर सो क्षेत्रमा निर्वाचन लड्ने उनको चाहना थियो । तर, सत्तारुढ दलमध्येको ठूलो दल एमालेले अन्य दलसँग सल्लाह नगरी उम्मेदवार छनोट गरेपछि खनालको चाहनामा ब्रेक लागेको थियो । 

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मीनबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । ​

एमालेले सो क्षेत्रबाट सांसद रहेका स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, कांग्रेसले पनि यसअघि नेम्वाङसँग झिनो मतान्तरले पराजित डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here