झापाको मेचीनगरमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच झडप, ६ स्थानीयबासी र एक सशस्त्र प्रहरी घाइते


१९ फाल्गुन २०८०, शनिबार ०८:२० मा प्रकाशित

झापा । झापाको मेचीनगर ७ गैरीगाउँमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच शुक्रबार साँझ झडप भएको छ ।

झडपका क्रममा ६ जना स्थानीयबासी र एकजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइते हुने स्थानीयबासीमा दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दिपक बातर र अनाह यादव रहेका छन् । घाइतेहरूको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको छ ।

भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीयबासी र सशस्त्र प्रहरी घाइते भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । हाल ६ जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आए पनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए ।

सशस्त्रका ड्राइभर र कोटमास्टरले स्थानीयबासीमाथि खुकुरी प्रहार गरेको घाइते स्थानीयबासीले बताएका छन् । स्थानीयबासीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here