बाढीले नेपाल–भारत सीमा पिलर ढलायो


३० असार २०७६, सोमबार ११:५८ मा प्रकाशित

बुटवल । अविलर बर्षासँगै आएको बाढीले कपिलवस्तुस्थित नेपाल भारत सीमा पिलर ढलाएको छ ।

जिल्लाको विजयनगर गाउँपालिका–५ ठाकुरपुरा नजिकै नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ५७८/७ र ५७८/१० नम्वर गरी दुई वटा पिलर तिरहीखोलाको बाढीले ढलाएको हो । उक्त खोलालाई भारतीय नागरिकले भने गिदुवाघाट भन्ने गरेको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी देबेन्द्र पाण्डेले बताए । डिएसपी पाण्डेले भने,‘ हिउँदमा उक्त खोला सुख्खा हुन्छ बर्षाममा भेल आउने गर्छ र ती दुई वटा सीमा पिलर ढलाएको छ । ’

दुबै तर्फका प्रहरी र जनप्रतिनिधीहरुको रोहवरमा उक्त पिल्लर उठाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here