आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्डससंगको खेलमा नेपाल विजयी


५ फाल्गुन २०८०, शनिबार १५:१४ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डसमाथि नेपाल नौ विकेटले विजयी भएको हो । 

१३७ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो । अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन जोडेका थिए । 

पहिला ब्याटिङ गरेको नेदरल्यान्डस ३९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । कुशल भुर्तेलले चार र ललित राजवंशीले दुई विकेट लिएका थिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान एक/एक विकेट लिए । नेदरल्यान्डसका दुईजना रन आउट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here