काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस, भोलिबाट प्रश्तावमाथि छलफल हुने


३ फाल्गुन २०८०, बिहीबार १७:४४ मा प्रकाशित

नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस भएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो ।

साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रश्ताव र समग्र नीतिकासम्बन्धी प्रश्तव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।

बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रश्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रश्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रश्ताव पेस गरेको बताउनु भयो ।

उहाँले आजको बैठकमा प्रश्ताव मात्रै पेस हुने र शुक्रवारबाट प्रश्तावमाथि छलफल हुने बताउनु भयो ।

अर्थमन्त्री महतले छलफल सकिएपछिको निस्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रश्ताव लैजाने बताउनु भयो ।

नेता महतले केही जिल्लाहरुमा महासमिति सदस्य निर्वाचनमा केही सिमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here