नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न काँग्रेस लाग्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
हाँले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताउनु भयो ।
उहाँले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताउनु भयो ।
उहाँले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताउनु भयो ।
नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताउनु भयो ।