काठमाडौं । भगवान् गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर बिश्वका बिभिन्न राष्ट्रमा सांगीतिक कार्यक्रमसहित प्रचार–प्रसार गरेका गायक धिरज राइको उक्त अभियान अझे रोकिएको छैन ।
उनी विभिन्न क्रियाकलापबाट बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देश बाड्न पछि पर्दैन् । केही दिन पहिले पोखरामा आयोजित एक कार्यक्रममा प्रर्यटन माझ बुद्धको जन्म नेपालमा भएको हो भन्ने अभिनयान चलाएका उनले आइतबार भने १ हजार ट्याक्सीमा बुद्धका स्टिकर टासेर प्रचार गरेका छन् । उनले उपत्यका भित्र चल्ने एक हजार टयाक्सीमा बुद्धको प्रचार गर्ने स्टिकर टासेका हुन् ।
‘पर्यटकलाई एयरपोर्टदेखि होटल ल्याउने, पुर्याउने र देश घुमाउने काम जति ट्याक्सीले गर्छ । त्यो अन्य कसैले र केही माध्यमले पनि गरेको छैन ।’ गायक राईले भने ‘बुद्धको जन्मको बिषयमा पर्यटनमा रहको भ्रम चिर्न ट्याक्सी पनि उपयुक्त माध्यम हो भन्ने मेरो बुझाइ हो ।’ चालकले यात्राको क्रममा पर्यटकलाई बुद्धको बिषयमा बुझाउने रार्इको भनाई रहेको छ ।
राइले उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसँग मिलेर स्टिकर अभियान चलाएका हुन् । ट्याक्सी स्टिकर अभियानले अन्य यातायात व्यवसायीलाई पनि यो कार्यक्रममा उत्साहित बनाउने राईको विश्वास रहेको छ ।





