कुवेत आगलागीमा परेर तीन नेपालीको मृत्यु


२९ असार २०७६, आईतवार १४:१८ मा प्रकाशित

काठमाडौँ । कुवेतको एक आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी हुँदा ३ जना नेपालीले ज्यान गुमाएका छन् ।

जसमध्ये दुई महिला र एक पुरुष कामदार रहेका छन् । आगलागीमा दुईजना गम्भीर घाइते भएका छन् भने १२ जनाको उद्धार गरिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कुवेतको महाबुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी भएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, गौरी दर्जी र अप्सरा कामी रहेका छन् । अप्सरा र गौरीको ठेगाना खुलेको छैन ।

गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ । नमहाबुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here