झापा । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा पुनः ओमकृष्ण विमली निर्वाचित भएका छन् ।
मेचीनगरस्थित कालिका सिमसारमा सोमवार भएको चेम्बर अफ कमर्स झापाको छैठौं साधारणसभा तथा दोस्रो अधिवेशनले बिमलीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ विमली, उपाध्यक्षहरुमा मोहनकुमार मित्तल, प्रदीप खरेल, घनश्याम चौधरी, भीमा शिवाकोटी, सचिव विरोध सुवेदी, सहसचिवहरुमा टंकप्रसाद भट्टराई, उमादेवी भट्टराई प्रसाई र कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्तालाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराई चुनिएका छन् ।