मध्यरातमा नेपाली कांग्रेसले लगायो उम्मेदवारको टुंगो


२३ पुष २०८०, सोमबार ०८:२१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उम्मेदवार टुंगो लगाएको हो ।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अुनसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ ।

कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here