काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको तीन दिने ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा ३० हजार बढी अवलोकन कर्ताहरुले उपस्थिति जनाएका छन् ।
गत शुक्रवारबाट शुरु भएको मेलामा उपभोक्ता एवं अवलोकन कर्ताहरुको उपस्थिति उल्लेख्य रहेको आयोजकले बताएको छ ।
आईतवारबाट सकिएको मेलामा आर्किटेक्ट, इन्जिनियरहरुको उपस्थिति बाक्लो रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो ।
उहाँले आफूहरुको अपेक्षा २० देखि २५ हजार रहेपनि मेलामा ३० हजार बढीले अवलोकन गरेको बताउनु भयो ।
उहाँले मेलाले नयाँ व्यवसायीहरुको मनोबल बढाएको र नयाँ उद्योग खोल्नका लागि सजिलो भएको प्रतिक्रिया मेला अवलोकन कर्ताहरुले दिएको प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो ।
उहाँले मेलामा सहभागी विदेशी कम्पनीहरुले नेपाललाई नयाँ बजार बनाउनका लागि सहज र भविष्यको लागि काम गर्ने बजारको रुपमा लिएको पनि बताउनु भयो ।