कमला नदीको तटबन्ध भत्केपछि धनुषाका सयौं घरपरिवार विस्थापित


२८ असार २०७६, शनिबार १४:३६ मा प्रकाशित

धनुषा । कमला नदीको तटबन्ध भत्केपछि धनुषा जिल्लाको मलहनिया गाउँका लगभग १ सय ५० घर परिवार विस्थापित भएका छन् ।

कमला नदीमा पानीको सतह बढेपछि जनकनन्दनी गाउँपालिकाको मलहनिया गाउँमा नदीको पानी पसेका कारण १ सय ५० घर परिवार पूर्णरूपमा विस्थापित भएका हुन् । जनकनन्दनी गाउँपालिकाको सघारा नजिक रहेको तटबन्ध भत्केको हो । ३० मिटरसम्म तटबन्ध भत्केको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

विस्थापित परिवारको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here