आवश्यकताअनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ तर तत्काल कुनै सम्भावन छैनः मन्त्री शर्मा


१ पुष २०८०, आईतवार १८:२५ मा प्रकाशित

सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताउनु भयो ।

उहाँले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको बताउनु भयो ।

प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here