काठमाडौं महानगरपालिका भन्छः नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ


३० मंसिर २०८०, शनिबार १८:४१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।

महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गर्नुभयो ।

उहाँले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताउनु भयो ।

नविन मानन्धर,प्रवक्ता, काठमाडौं महानगरपालिका यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गर्नुभएको छ ।

उहाँले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताउनुभएको थियो । काठमाडौं महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उहाँको भनाइ थियो ।

महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुनेछ ।

नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट शहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरुको राय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here