झापाको प्रमुख जिल्ला अधिकारीका रुपमा बास्तोला आउँदै


३० मंसिर २०८०, शनिबार ०९:०२ मा प्रकाशित

झापा । झापाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बन्धुप्रसाद बास्तोला आउने हुनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो ।

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरूवा गरेको छ । अन्य ८ जना सहसचिवको पदस्थापन गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गर्नुभएको हो ।

कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बन्नुभएको छ । सुर्खेतका नारायणप्रसाद सापकोटा भोजपुर जानुहुने भएको छ ।

त्यस्तै, भोजपुरका हरिप्रसाद घिमिरेलाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा हुनुभएको छ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ। यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरूवा हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here