ट्रोब्लजे ओपन २०२३ टूर्नामेन्टमा टिम ईमस्का-डिस्काद्वारा दुई स्वर्णसहित आठ पदक हासिल


२२ मंसिर २०८०, शुक्रबार २०:१६ मा प्रकाशित

अर्जुन प्रधान, अमेरिका । स्लोभेनियामा सम्पन्न ट्रोब्लजे ओपन २०२३ टूर्नामेन्टमा टिम ईमस्का-डिस्काले दुई स्वर्णसहित आठ पदक जितेको छ।

ट्रोब्लजे ओपन टूर्नामेन्ट युरोपेली मुलुक स्लोभेनियाको एक पुरानो र ऐतिहासिक कराते टुर्नामेन्ट हो ।

गत डिसेम्बर दुई तारिकमा सम्पन्न यस खेलमा टिम डिस्का-ईमस्काले संयुक्त रुपमा भाग लिएको थियो, जसमा १३ जना खेलाडीहरूको सहभागिता र पाँच जान प्रशिक्षकको उपस्थिति थियो।

ट्रोब्लजे ओपन २०२३ मा टिम डिस्का-ईमस्काका ५ खेलाडीले ८ पदक हाँसिल गर्न सफल भएको सेन्सी राज बरालले बताउनुभयो । उक्त ५१ औं ट्रोब्लजे ओपनमा पेन्सिल्भेनियाका भर्नन मंगरले कुमुतेमा एक स्वर्ण र कातामा एक रजत जिते।

साथै नाम्साहाङ राईले कातामा एक स्वर्ण जिते भने आयुस तामाङले कुमुते र काता गरि एक/एक कास्य पदक जिते।

पेन्सिल्भेनियकी बन्दना राईले कुमुतेमा एक कास्य, ओहायोका रेहन पन्दकले कुमुतेमा एक कास्य र नोर्थ डकोटाकी प्रेलिसा अधिकारले एक कास्य जिते।

डिस्का सोकी रन राईले खेलाडीहरूको प्रतिस्पर्धामा आफू उत्साहित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा खेलाडीहरूको प्रदर्शन उच्चकोटीको थियो तर पनि केही प्राविधिक कारणले सोचेजस्तो मेडल प्राप्त गर्न नसकेता पनि हामीले यो युरोपको अन्तर्राष्ट्रिय खेलबाट धेरै कुरा सिकेर आएका छौ “।

कराते क्लब ट्रोब्लजेका अध्यक्ष, बोग्डन सिमर्लको पहलमा, अमेरिकी टोली ईमस्का-डिस्का संयुक्त राज्य अमेरिकाको सदस्यहरूद्वारा भ्रमण गरिएको थियो र उक्त शहरका मेयर म्यागले आफ्नै कार्यकक्षमा बोलाएर स्वगत गरेका थिए ।

उक्त भेटका क्रममा डिस्का सोकी रन राईले मेयर म्यागलाई ढाका टोपी र खादा लागएर सम्मन् गर्नु भएको थियो ।

त्यसैअनुरूप मेयर म्यागले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई शहरको परिचय गराउनुका साथै खेलकुदका उपलब्धिहरूको बारेमा कुराकानी गरेको कुरा उक्त टोलीका प्रबन्धक तथा सदस्य टेक नेपालले जानकारी गराउनु भयो।

उक्त समारोहमा ईमस्का सोकी डा रवि रागमन, ईमस्का प्रशिक्षक जेसन मोर्ने, टोलीका सहायक प्रशिक्षक निम लामा, प्रबन्धक सदस्य राज बराल, डिस्का कोच डेनी तामाङ, प्रबन्धक टेक नेपाललगायत डिस्का खेलाडी र अभिभवकहरुको उपस्थिति थियो।

ड्रुक इन्टरनेशनल सितेरियो कराते डो नेपालीभाषी भुटानीहरूको एक खेलकुद संस्था हो ।

स्थापना पछिको यो युरोपेन खेलमा पहिलो सहभागिता हो भने यस अघि डिस्काले पाँचौं अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ।

ट्रोब्लजे ओपन टुर्नामेन्टमा एकाउन्नौँ सँस्करणमा कराते खेलकुदमा ८ देश ५९ क्लबका गरि ५२४ खेलाडीहरूको सहभागिता रहेको थियो ।

ईमस्का डिस्काको एक सल्लाहकार संस्था हो । यस संस्थाले टेक्निकल फिल्डमा डिस्कालाई सहयोग गर्छ। उक्त अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा किंजल दुलाल, रेहन पन्धाक, आयुष तामाङ, प्रेलिसा अधिकारी, जेस्टिना मंगर, वर्णन मगर, नाम्साहाङ राई, प्रमान सुब्बा, रोजा तामाङ, अञ्जिला गुरुङ, बन्दना राई र विन्स मगर साथै उक्त खेलमा स्लोभेनिया, अमेरिका सर्बिया, क्रोएशिया, ईटाली, मोन्टेनेग्रो, म्यासेडोनिया र बोस्निया हर्जगोभिना आदि देशको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here