काठमाण्डाै – नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताउनु भयो ।
उहाँले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताउनु भयो ।
प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिक समक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै काँग्रेसले यस बारे गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो ।