वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भयोः मोहन बैद्य


२१ मंसिर २०८०, बिहीबार १८:०० मा प्रकाशित

काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरु असक्षम र संकटग्रस्त बन्दै गएको बताउनुभएको हो ।

उहाँले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताउनु भयो ।

त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उहाँले बताउनु भयो ।

अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here