झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस्


२१ मंसिर २०८०, बिहीबार १७:३९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनुभएको छ ।

बिहीवार पर्वतमा मेची—महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केही पहिचानवादीहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरुलाई बुद्धि सच्याउन आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्नेकुरा सिकाउन आवश्यक नरहेको जिकिर गर्नुभयो ।

उहाँले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ति नलगाउन चुनौति दिनुभयो । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर अघि बढ्ने चेतानवी दिनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकु, घाईते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताउनु भयो । अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको बताउनु भयो ।

उहाँले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here