ओलीको प्रश्नः स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?


१९ मंसिर २०८०, मंगलवार १९:०६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुग्नुभएका ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले आफूहरुले यो संख्यालाई २ हजार पु¥याउने ढंगले अघि बढीरहेको बताउनु भयो ।

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here