बहिर्गमित लडाकुले प्रदर्शन गर्नसक्ने आशंकामा सिंहदरबार प्रवेशमा कडाई


१९ मंसिर २०८०, मंगलवार १६:५७ मा प्रकाशित

काठमाण्डौ । सिंहदरबार प्रवेशका लागि दक्षिण गेटसहितका गेटहरुमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो । असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्नसक्ने अशंकालाई लिएर प्रहरीले सिंहदरबार प्रवेशमा सुरक्षा मजबुत बनाएको हो ।

सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुहरुलाई चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here