काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ ।
महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको हो । अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताउनु भयो ।
उहाँले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराउनु भयो ।
अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो ।