अपाङ्गतामैत्री नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध छः मन्त्री ज्वाला


१७ मंसिर २०८०, आईतवार १७:४० मा प्रकाशित

काठमाडौ  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आईतवार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति नियमहरु बनाउने तयारीमा रहेको बताउनु भयो ।

उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताउनु भयो ।
मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भिर भएर लागि रहेको बताउनु भयो । उहाँले सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिने बताउनु भयो ।

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नारा सहित प्रभातफेरी गरेको छ ।


प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here