मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको नेकपा एमाले अध्यक्ष ओलीको भनाइ


१७ मंसिर २०८०, आईतवार १६:२४ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताउनुभएको  छ ।

महाकाली—मेची यात्राका क्रममा आईतवार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताउनु भयो । उहाँले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here