उच्च अदालतका बिभिन्न इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई शुरु


१४ मंसिर २०८०, बिहीबार १४:०५ मा प्रकाशित

काठमाडौ । उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई शुरु भएको छ ।

सर्वोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाई शुरु गरेको हो ।

बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नै-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताउनु भयो ।

उहाँले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनताहरुलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तपरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पु¥याउन सहयोग पुग्ने उद्देश्य राखेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here