राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस प्रदर्शन


५ मंसिर २०८०, मंगलवार १९:२६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

मशाल जुलुसमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनका कारण केहिबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here