सामाजिक सञ्जालका कारण नेपालको शान्तिमा खलल हुने अवस्था आएको मन्त्री किरातीकाे दाबी


५ मंसिर २०८०, मंगलवार ११:५२ मा प्रकाशित

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालका कारण नेपालको शान्तिमा खलल हुने अवस्था आएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाललाई ठीक समयमा ठीक तरिकाले नियन्त्रण गर्न नसकिए द्वन्द्व बढेर जाने उनले बताए । नेपाल सम्वाद सम्मेलनमा बोल्दै उनले नेपालमा शान्ति कायम गर्न सामजिक सञ्जाल चुनौती रहेको बताए ।

मन्त्री किरातीले भने, ‘प्रजातन्त्रका नाममा अराजकता फैलाउन पाइँदैन । एक हातमा माला र एक हातमा भाला बोकेर सामाजिक सञ्जालमा बोल्न पाइन्न ।’

सरकारले भर्खरै टिकटकलाई केही समयका लागि प्रतिबन्ध लगाएर सामाजिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउन रोकेको उनको जिकिर छ । मन्त्री किरातीले बेला(बेलामा धार्मिक, सामाजिक द्वन्द्व फैलाउन खोजिएको भए पनि असफल भएको बताए ।

उनले भने, ‘अहिले पनि जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, म ठोकेर भन्छु यस पटक पनि असफल हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here