केबुलकारलाई ट्रान्सपोटेसनको रुपमा प्रयोग गर्न आवश्यक रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे भनाइ


३ मंसिर २०८०, आईतवार १२:३७ मा प्रकाशित

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताउनु भयो । उहाँले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here