गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक


२ मंसिर २०८०, शनिबार १३:०४ मा प्रकाशित

काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । 

उनको आज ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिरामी ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here