धनुषाकी आरती साहको परिवारलाई न्याय दिन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई आम जनता पार्टीकाे ज्ञापनपत्र


२३ कार्तिक २०८०, बिहीबार १६:५३ मा प्रकाशित

काठमाडौ । आम जनता पार्टी आजपाले धनुषाकी आरती साहको परिवारलाई न्याय दिन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

आजपा उपाध्यक्ष एवं सांसद तिलक थापा नेतृत्वको टोलीले बिहीबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर पीडित परिवारको माग सुनवाइको लागि पहल गर्न दबाब दिएको हो । ज्ञापनपत्र बुझ्दै आफ्नो उदेश्य मानव अधिकारको रक्षा गर्नुभएकाले कानुन बमोजिम यो मुद्धालाई अगाडि बढाउने आयोगका प्रमुख टोप बहादुर मगरले आश्वासन दिनुभयो ।

आजपाका केन्द्रिय सदस्य बालकृष्ण सापकोटाले पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारुपमा आम न्यायप्रेमीहरुको सक्रिय साथ–सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने विश्वाससहित सरकारलाई छिटै संवाद मार्फत यसको ठोस समाधान दिन आग्रह गर्नुभयो ।

आरती साहको मृत्यु शंकास्पद रहेकाले न्यायको माग गर्दै पीडित परिवारले धर्ना दिएको लामो सयम बितिसक्दा समेत सरकारले न्यायका लागि कुनै पहल नगरेकाले आयोगले आवश्यक पहलकदमी लिइदिन उहाँले आग्रह गर्नुभयो ।

न्यायको लागि माइतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै आजपाले सरकारको ध्यानाकर्षण समेत गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here