रेशम चौधरीको रिहाइविरुद्ध परेको रिटको सुनुवाइ स्थगित


२३ कार्तिक २०८०, बिहीबार १२:११ मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी स्थगित भएको छ ।

न्यायाधीश अभावका कारण चौधरीको आजका लागि तोकिएको पेसी स्थगितमा परेको हो ।

टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेकी छन् । उक्त रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो ।

कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

चौधरीले मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here