डोटीमा जिप दुर्घटना हुँदा चार महिने शिशुसहित चार जनाको मृत्यु


१९ कार्तिक २०८०, आईतवार ०७:२९ मा प्रकाशित

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार महिनाको शिशुसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौल,केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा भएको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि र उनको ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

घाइते हुनेमा हिमाली गाउँपालिका– ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, ,२१ वर्षीया विमला मलाल, २१ वर्षकै राजबहादुर मलाल र २४ वर्षीय दानबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि ६० मिटर तल खसेको छ । तर, दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ। चालक २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here