कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


१९ कार्तिक २०८०, आईतवार ०७:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक विशेषगरी जाजरकोट भूकम्पबारे केन्द्रीत हुने बताइएको छ ।

बैठक बिहान ११ बजे सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here