प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


१९ कार्तिक २०८०, आईतवार ०७:१९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here