जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले भौतिक संरचना भत्किँदा मृत्यु हुनेको संख्या १३६ पुग्यो


१८ कार्तिक २०८०, शनिबार १४:०१ मा प्रकाशित

जाजरकोट । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले भौतिक संरचना भत्किँदा मृत्यु हुनेको संख्या १३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम९पश्चिम०मा ३८ जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम (पश्चिम) मा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ र रुकुम (पश्चिम) मा ८५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटमा घाइते भएकोमध्ये ३३ जनाको जाजरकोटमा नै उपचार भइरहेको छ । २२ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । रुकुम पश्चिममा घाइते भएकामध्ये ३० जना डिस्चार्ज भइसकेका छन् । ४० जना जिल्लामै उपचारत छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको छ ।

शुक्रबार राति जाजरकोटमा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here