जाजरकोट भूकम्पः अहिलेसम्म कम्तिमा ८० जनाको मृत्यु


१८ कार्तिक २०८०, शनिबार ०७:१९ मा प्रकाशित

झापा । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार करिब १ सय ५० जना भन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसारआज बिहान ६ :१५ बजेसम्मको जाजरकोटमा मात्रै ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेका छन्।

साथै भूकम्पमा परी जाजरकोटमा ७० जना घाइते भएको बताइएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल सुर्खेत, जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here