व्यवस्था नभइ अवस्थामा परिवर्तन आजको आवश्यकताः विश्वप्रकाश शर्मा


१४ कार्तिक २०८०, मंगलवार १५:४७ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तर्क्रियामा शर्माले व्यवस्था नभइ अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताउनुभयो ।

यस्तै उहाँले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताउनुभयो ।

‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन । त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उहाँले भन्नुभयो ।

देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here