इजरायलबाट आज २५४ जना विद्यार्थी नेपाल ल्याइँदै


२५ आश्विन २०८०, बिहीबार ०७:३१ मा प्रकाशित

काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् ।

नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको छ ।

उनीहरूलाई लिएर जहाज बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको छ। स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने छ। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here