संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमण सफल भयोः प्रधानमन्त्री दाहाल


१४ आश्विन २०८०, आईतवार १६:३५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमण सफल भएको बताउनुभएको छ ।

आइतबार संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्न सफल भएको र चीन भ्रमणले चार बर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थीतिको अन्त्य भएको बताउनुभएको हो ।

चीनमा रहँदा द्विपक्षीय वार्तावाट छिमेकीहरुका संवेदनशील बिषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको र राजनीतिक तहमा विश्वासको वातावरण बनेको उहाँले बताउनुभयो । उहाँले पूर्वाधार निर्माण, व्यापार लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग र सहकार्यलाई तिव्रता दिने मार्गप्रशस्त भएकोसमेत जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा दीगो बिकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाललगायत अति कम विकसित मुलुकहरुका चूनौती र समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने बिषयमा सफलता मिलेको दावी गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निणर्य फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराउनुभयो । उहाँले स्वचलित मूल्य प्रणाली आयल निगमको एकाधिकार र स्वतन्त्रता नभएको पनि बताउनुभयो ।

त्यस्तै उहाँले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठनका बिषयमा सदनलाई जानकारी गराउनुभएको थियो । जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निणर्य भएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here