दशैंको मुखमा निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा २१५ रुपैयाँ बढ्यो


१४ आश्विन २०८०, आईतवार ०७:३४ मा प्रकाशित

काठमाडौं । दशैंको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निणर्य गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो मूल्य वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ ।

बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here