अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेतमाथि नगरपालिकाको कारबाही, जिम्मेवारीबाट मुक्त


१२ आश्विन २०८०, शुक्रबार १२:४९ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा नगरपालिकाले सिनियर अहेव मुकुन्द बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा स्वास्थ्य शाखा प्रमुख बस्नेत शनिश्चरे अस्पतालकी महिला स्वास्थ्यकर्मीसँगको भिडिओ सार्वजनिक भएपछि सत्यतथ्य बाहिर नल्याइन्जेल उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

सोही घटनालाई लिएर शुक्रबार बसेको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म शाखा प्रमुखको जिम्मबारीबाट हटाउन नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 व्यवस्थापन समितिको सिफारिसको आधारमा बस्नेतलाई आजैका मितिदेखि स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको नगरपालिकाले जनाएको छ । शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टिकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ ।

घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टिकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । बस्नेतले भने लेनदेनको विषयमा सडकको किनारमा बसिरहेका समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here